तिलेश्वर महादेव १२ / ६४ स्वयम्भूव लिङ्ग

परिचय

६४ स्वयम्भूव लिङ्गहरू नेपालको बागमती प्रान्तमा अवस्थित स्वयम्भूव लिङ्गहरूको एक पवित्र समूह हो। यी पवित्र स्वयम्भूव शिवलिङ्गहरू लिङ्गहरू काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लाका विभिन्न क्षेत्रहरूमा छरिएर रहेका छन्। यी दिव्य शिवलिंगहरूको उल्लेख स्कन्दपुराणको हिमवतखण्डमा पाइन्छ।
नेपालमा अवस्थित ६४ दिव्य स्वयम्भूवलिङ्गहरू मध्य १२ औं स्वयम्भूवलिङ्ग हो तिलेश्वर महदेव जुन ललितपुरको लेलेमा अवस्थित छ।

बृहत पाशुपत् पदयात्रा २०८२-२०८३

२०८२ चैत्र १६ गतेबाट (मार्च २०२६) नेपालमा, भगवान पशुपतिनाथ, पाशुपत क्षेत्र र ६४ स्वयंभूव लिङ्गहरूको आध्यात्मिक महत्त्वलाई उजागर गर्न "बृहत पाशुपत परिक्रमा" नामक एउटा ठूलो स्तरको तीर्थयात्राको विधिवत् रूपमा शुभ आरम्भ भयो। यस तिर्थयात्राको आयोजना तथा नेतृत्व देवघाट धाम स्थित् महेश संस्कृत गुरुकुलले गरेको थियो। यो यात्रा पशुपतिनाथमा क्षमा याचना गरेर आरम्भ भयो र काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपालनचोक, काभ्रेपलानचोक, दोलखा, सिन्धुली, नुवाकोट र अन्य क्षेत्रहरूलाई समेट्दै करिब ४० दिनको पैदल यात्राको रूपमा अगाडि बढ्यो। यसको उद्देश्य नेपालमा अवस्थित ६४ स्वयंभूव लिङ्गहरूको भ्रमण-दर्शन गर्नु हो। यो यात्राले नेपालको पौराणिक इतिहास माथि अनुसन्धान, जनचेतना र सांस्कृतिक पुनरुत्थानको लागि जोड दिन्छ।



Comments