उपनिषद् (Upanishads)

उपनिषद् परिचय

उपनिषद् शब्दको अर्थ हो – ‘नजिक बस्नु’ अर्थात् गुरुको नजिक बस्दै ज्ञान प्राप्त गर्नु। उपनिषद् वेदको दार्शनिक अंश हुन् जसलाई वेदान्त पनि भनिन्छ। यी ग्रन्थहरूले ब्रह्म (परमसत्य), आत्मा (आत्मस्वरूप), जगत् (सृष्टि) र मोक्ष (मुक्ति) को गहिरो विवेचना गरेका छन्। वेदका मन्त्रहरूको दार्शनिक रहस्य र अन्तिम उद्देश्य उपनिषद्मा प्रकट हुन्छ।

नेपाली वैदिक दर्शनका छःवटा मुख्य शाखामध्ये उपनिषद्को विचार-दर्शनलाई महत्वपुर्ण मानिन्छ। केवल भक्ति परम्परा मात्र नभई योग, वेदान्त, सांख्य, न्याय लगायत सबै दार्शनिक धाराहरूमा उपनिषद्को प्रभाव छ। यसरी उपनिषद् मानव जीवनलाई आध्यात्मिक उन्नति तर्फ डोर्याउने दिव्य प्रकाश हो।

प्रसिद्ध उपनिषद्हरू
उपनिषद्हरूको सङ्ख्या विषयमा विभिन्न परम्परा र गणना पाइन्छन्। सामान्यतया १०८ उपनिषद् छन् भनि परम्परागत रूपमा मानिन्छन्। यीमध्ये ११ उपनिषद् विशेष प्रसिद्ध र दार्शनिक दृष्टिले मूलभूत मानिन्छन्, जसलाई मुख्य उपनिषद् (Principal Upanishads) भनिन्छ।

ती प्रमुख उपनिषद्हरू यसप्रकार छन् :

  • ईश
  • केन
  • कठ
  • प्रश्न
  • मुण्डक
  • माण्डूक्य
  • ऐतरेय
  • तैत्तिरीय
  • छान्दोग्य
  • बृहदारण्यक
  • श्वेताश्वतर

यी ११ उपनिषदलाई आदि शङ्कराचार्यले आफ्नो भाष्यमा व्याख्या गरेका थिए, त्यसैले वेदान्त दर्शनमा यिनको विशेष महत्त्व छ। यी सबैले आत्मा र ब्रह्म एकै हुन् भन्ने अद्वैत भावलाई प्रतिपादन गर्छन्। "तत्त्वमसि", "अहं ब्रह्मास्मि" जस्ता वाक्यहरू उपनिषद्को महत्त्वपूर्ण सूत्रवाक्य मानिन्छ। (१०८ उपनिषद्का नाम हेर्नको लागि यहाँ जानुहोस्।)


Litterateur

Page article "उपनिषद् (Upanishads)" -by Dr. Kalinkaar Dipendra

References

  • No references
First published on: September 22, 2025
Last updated on: September 22, 2025
For Editors

Popular Posts