महर्षि सुश्रुत - शल्यचिकित्साका जनक
महर्षि सुश्रुत – पौराणिक नेपालका शल्यचिकित्सक र 'शल्यचिकित्साका जनक'
परिचय
महर्षि सुश्रुत वैदिक सभ्यताका एक महान चिकित्साशास्त्री थिए, जसलाई 'शल्यचिकित्सकको जनक' (Father of Surgery) को रूपमा विश्वले मान्यता दिएको छ। उनले लेखेको सुश्रुत संहिता आजसम्म पनि आयुर्वेदिक चिकित्सा प्रणालीको एक स्तम्भग्रन्थ मानिन्छ।
वंश र परिचय: सुश्रुत र दिवोदासबीचको सम्बन्ध
महर्षि सुश्रुतलाई विश्वामित्र-वंशको मानिन्छ र यसको उल्लेख महाभारतमा पाइन्छ। सुश्रुत संहितामा उनलाई दिवोदास धन्वन्तरिका रुपमा पनि उल्लेख गरिएको छ। दिवोदास सुश्रुतका गुरु थिए। गुरु र वंशका नाम जोड्ने वैदिक परम्पराले गर्दा यस्तो पहिचानको मिश्रण देखिन्छ।
दिवोदाससँगको भ्रम: गरुड पुराण अनुसार दिवोदासलाई धन्वन्तरिको चौथो पुस्ताका सन्तानको रूपमा वर्णन गरिएको छ, जसलाई चिकित्सा विज्ञानका आदि प्रवर्तक मानिन्छ।
तर, सुश्रुत संहितामा दिवोदास र सुश्रुतलाई कहिलेकाहीं एउटै व्यक्तिको रूपमा उल्लेख गरिएको पाइन्छ।
यो भ्रमको कारण प्राचीन पौराणिक परम्परासँग सम्बन्धित छ, जहाँ कुनै गौरवशाली गुरु वा वंशजको नाम आफ्नै नाममा जोडिने चलन थियो।
त्यसैले सुश्रुतलाई कहिलेकाहीं ‘दिवोदास’ भनेर सम्बोधन गरिएको हुन सक्छ, जुन गुरुको सम्मानस्वरूप वा वंश पहिचानस्वरूप थियो।
दिवोदास, जसले पुनर्जन्मको सिद्धान्तमा दृढ विश्वास राख्थे र धन्वन्तरिलाई पूज्य मानेका थिए, आफूलाई धन्वन्तरिको अवतार ठानी त्यही पहिचान ग्रहण गरेको हुनसक्छ।
यी सन्दर्भहरूबाहेक, सुश्रुतको जीवनबारे विश्वासयोग्य र विस्तृत जीवनी प्राप्त भएको छैन।
सुश्रुत संहिता र यसको विकास
सुश्रुत संहिता मुख्यतः शल्यचिकित्सा समर्पित ग्रन्थ हो। ऋषि सुश्रुतद्वारा प्रणित यो ग्रन्थ २००० वर्ष पुरानो आयुर्वेदीक ग्रन्थ हो। यो ग्रन्थ दक्षिण एसियामा प्राचीन समयदेखि अध्ययन गरिरहेको पाइन्छ। यसमा आँखाको उपचार, दाँतको निकासी, नाक पुनःनिर्माण, मूत्राशय र आँन्द्राको शल्यक्रिया, रक्तस्राव रोक्ने उपाय आदिको वर्णन पाइन्छ।
पुरानो संस्करण (Vriddha Sushruta) र विवाद तथा नागार्जुनद्वारा संहिताको पुनःसम्पादन
वृद्ध सुश्रुतका केही अंशहरू मात्र बचेका छन्, जसको प्रामाणिकतामाथि विद्वानहरूको सन्देह छ। पछि आएका लेखकहरूले आफ्नो रचना सुश्रुतको नाममा अर्पण गरेका होलान् भन्ने अनुमान पनि छ।
नागार्जुनले चौथो शताब्दी ईसा पूर्वको उत्तरार्धतिर सुश्रुत संहिताको सम्पादन गरेका थिए। उनी मध्यमिक दर्शनका प्रवर्तक बौद्ध विद्वान पनि मानिन्छन्। अहिलेको संस्करणमा नागार्जुनको ठूलो योगदान मानिन्छ।
सुश्रुत संहिता र नेपाल
जनवरी २००७ मा, नेपाल-जर्मन पाण्डुलिपि सूचीकरण परियोजनाले यस संहिताको एउटा प्राचीन ताडपत्र पाण्डुलिपि पत्ता लागेको घोषणा गर्यो। यस पाण्डुलिपिलाई MS Kathmandu KL 699 नाम दिइएको छ र यस ताडपत्रको मिति आँकलन इस्वी संवत् ८७८ भएको विश्वसनीय तथ्याङ्क छ। यो पाण्डुलिपि नेपालका पूर्व प्रधानमन्त्री केशर शमशेर जंगबहादुर राणा (१८९२-१९६४) को पुस्तकालय (केशर पुस्तकालय)मा सुरक्षित छ। युनेस्कोले यसलाई “मेमोरी अफ द वर्ल्ड” दर्तामा समावेश गरी विश्व सम्पदामा उच्च सम्मान दिलाएको छ।
केशर पुस्तकालयमा सुरक्षित ताडपत्र-पाण्डुलिपि, MS काठमाडौँ KL ६९९, सुश्रुत संहिताको हाल सम्म उपलब्ध भएको सबै भन्दा पुरानो पाण्डुलिपि हो। यस अतिरिक्त पनि नेपालमा भेटिएका र केशर पुस्तकालयमा सुरक्षित, MS काठमाडौँ NAK1-१०७९ र MS काठमाडौँ NAK5-३३३ नामकरण गरिएका पाण्डुलिपिहरू छन्।
उल्लेखनीय शल्यकर्महरू
- नासिकापुनर्निर्माण (Rhinoplasty) – नाक काटिएका व्यक्तिको नाक पुन: बनाउने प्रक्रिया।
- कटिस्नायुकर्म (Cataract Surgery) – आँखाको मोतिबिन्दुको उपचार।
- प्राकृतिक सुतराको प्रयोग – घाउ सिउने धागो र औजारहरूको प्रयोग।
- मूत्राशय शल्यकर्म – पथरी, अवरोध आदि समस्याको शल्यचिकित्सा।
सुश्रुतका चिकित्सा दर्शन
उनको चिकित्सा त्रिदोष सिद्धान्तमा आधारित छ – वात, पित्त र कफ को सन्तुलनले आरोग्य कायम रहन्छ। जीवनशैली, आहार र पूर्वसावधानीमार्फत रोग नियन्त्रण गर्नुपर्ने उनको धारणा थियो।
समकालीनता र ऐतिहासिक स्थान
सुश्रुत आत्रेय (चरकका गुरु) का समकालीन थिए। उनले नेपाल, मिथिला र काशी क्षेत्रको विद्वतपरम्परामा समेत योगदान दिएका सम्भावना छन्।
सुश्रुतको योगदानको आधुनिक मूल्याङ्कन
विश्व स्वास्थ्य संगठन र युनेस्कोले सुश्रुत संहितालाई विश्व चिकित्सा सम्पदाका उत्कृष्ट उदाहरणहरूमध्ये एक मानेका छन्।
निष्कर्ष
सुश्रुत केवल प्राचीन वैदिक चिकित्सक थिएनन्, उनी एक वैज्ञानिक चिन्तक, समाजसेवी र अनुसन्धानकर्ता थिए। उनको योगदानले मानवसभ्यतालाई युगौं सम्म मार्गदर्शन गरिरहनेछ।
Comments
Post a Comment